महोत्तरीको दुई पालिकामा एकै दिन छात्रालाई साईकल वितरण ।।

गौशाला / प्रदेश सरकारको वेटी पढाउ, वेटी वचाउ अभियान अन्र्तगत महोत्तरीको दुई पालिकाले आज छात्राहरुलाई साईकल वितरण गरिएको छ । महोत्तरीको मटिहानी नगरपालिका र भंगहा नगरपालिकाले कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई शनिवार साईकल वितरण गरिएका हुन ।


मटिहानी नगरपालिकास्थित राम माध्यमिक विद्यालयमा अध्ययनरत १०७ जना छात्रालाई साईकल प्रदान गरिएको नगरप्रमुख हरि प्रसाद मण्डलले बताउनुभयो । प्रदेश सरकारको वेटी पढाउ, वेटी वचाउ अभियान अन्र्तगत प्राप्त भएको साईकल एक समारोहकाबीच वितरण गरिएको नगरप्रमुख मण्डलले बताउनुभयो ।


त्यस्तै भंगहा नगरपालिकाले पनि सार्वजानिक माध्यमिक विद्यालय भिमगढमा अध्ययनरत छात्राहरुलाई साईकल प्रदान गरिएको हो । नगरप्रमुख संजिव कुमार साहले रेडियो रुपान्तरणसँगको कुराकानीको क्रममा शनिवार एक समारोहकाबीच सो विद्यालयमा कक्षा ८ मा अध्ययनरत ४३ जना छात्रालाई साईकल वितरण गरिएको जनाएको छ ।

गुणस्तरीय एवम छोरीहरुलाई शिक्षाप्रति थप आकर्षित पार्न एवम मनोवल उच्च बनाउनका लागि प्रदेश सरकारको अभियानलाई आफुहरु साकार पार्न खोजिएको नगरप्रमुख साहले धारणा राख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार