प्रहरीकै गाडीबाट हाम फालेर भागे अभियुक्त

काठमाडौं : कोरोना परीक्षणका लागि अस्पताल  गएर फर्कने क्रममा एक अभियुक्त भागेका छन् ।

जबर्जस्ती करणी मुद्दाका अभियुक्त विनोद परियार शुक्रबार दिउँसो प्रहरीको गाडीबाट हाम फालेर भागेका हुन् ।

महानगरीय प्रहरी वृत्त जनसेवाले उनलाई पिसिआर परीक्षणका लागि वीर अस्पताल लगेको थियो । अस्पतालबाट फर्कने क्रममा न्युरोडमा उनी भागेका हुन् ।

प्रहरीको गाडी जाममा परेको वेला उनी गाडीबाट हाम फालेर भागेको  र उनको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए ।

उनलाई अस्पताल लैजाने जिम्मेवारी पाएका प्रहरीमाथि समेत छानबिन सुरु गरिएको काठमाडौं परिसरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार