Thursday 7th of November 2024

बर्षाको पानीले जनकपुरको प्रसिद्ध रंगभुमि मैदान अस्तव्यस्त, यसपटक मणिपर्वतको आयोजना हुन सकेन

0 Shares

महोत्तरी : जनकपुरको प्रसिद्ध रंगभुमि अर्थात वाह्रविघा मैदानमा बर्षाको पानीको उचित निकास नभएकै कारण अस्तव्यस्त बनेपछि यस पटक मणिपर्वतको आयोजना हुन सकेको छैन । पानीको उचित निकास नभएकै कारण यसै रंगभुमिमा नियमित रुपमा आयोजना हुँदै आएको मणिपर्वतको आयोजना हुन नसक्दा यहाँका साधुसन्त दुखित भएका छन ।

रंगभुमि मैदानको संरक्षणको जिम्मेवारी पाएका निकायहरु अझ चिरनिन्द्रामा परेकै कारण सो स्थान व्यवस्थित हुन नसक्दा खेलमैदान सरोवरमा परिणत भएको भन्दै स्थानिय साुधसन्तहरु आपति जनाएका छन । राममन्दिरका महंथ राम गिरी ले वर्षो वर्षदेखि चल्दै आएको परम्परालाई तोडने कार्य यसवर्ष भएको हो भन्दै यो घोर अन्याय रहेको बताउनु हुन्छ । उहाँले यसरी धार्मिक सांस्कृतिक पर्व मणिपर्वतको परम्परा तोडिएको प्रति दुःख व्यक्त गर्नुभएको छ । बाह्रविगहामा रामजानकीको डोला राख्ने ठाउँ नभएकोले हामी यसपटक नगर भ्रमण नगरिकन मन्दिर फर्किएको महन्थ दासले दु्खेसो पोख्नुभयो ।

मणिपर्वतको दिन जानकी मन्दिर, राम मन्दिर, लक्ष्मण मन्दिर र रत्नसागर स्थानबाट आएको राम जानकी डोलालाई एकै ठाउँमा आसन ग्रहण गराएर धुप आरती गर्ने चलन रहेको छ । यस अवसरमा भगवानलाई श्रद्धालु भक्तजनहरु नजिकबाट दर्शन पूजन गर्ने गरिन्छ ।

यहाँका ऐतिहासिक स्थल रंगभूमि मैदानमा मणिपर्वत जस्तै विवाहपंचमी महोत्सव, चैत्र नवमी, जानकी नवमी, आयोजन हुँदै आएको छ । यो स्थलमा यी बाहेकका अन्य धार्मिक तथा वृहत्त सभा समारोहदेखि खेल प्रतियोगिताहरुसम्म हुने गर्दछन ।

संघिय सरकारको अधिनमा रहेको यस कार्यालयमा बार्षिक १ करोड बजेट आएतापनि काम अनेकौ भएकोले रंगभुमि सौन्दर्यीकरण गर्ने काम गर्न नसकेको मिथिला क्षेत्रको विकास गर्ने जिम्मा पाएका वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष ई. शालिग्राम सिंहले बताउनुभयो ।

जनकपुरधाम उप–महानगरपालिकाले रंगभूमिलाई आफ्नो अधिनमा लिएको ले हामी त्यस तर्फ केहि गर्न नसकेको वृहत्तर जनकपुर क्षेत्र विकास परिषका निर्देशक वलराम ठाकुरले बताउनुभयो । रंगभूमि सौन्दर्यकरणको लागि विनियोजन भएको रकम संघीय शहरी विकास कार्यालयमा आउने र त्यहाँबाट टेण्डर भई काम हुने उहाँ स्पष्ट पार्नुभयो ।

प्राचीन मिथिलाका राजधानी जनकपुरधामको धरोहर जानकी मन्दिर र रामन्दिरबाट आयोजन हुँदै आएकोे धार्मिक समारोह स्थल बाह्रविगहा खेल मैदान हो । तर, धार्मिक सांस्कृतिक तथा ऐतिहासिक स्थलहरुको संरक्षण र सम्बर्धन गर्ने जिम्मा पाएको निकायहरु चिरनिन्द्रमा भएको ले बाह्रविगहा खेल मैदान अचेल सरोवरमा परिणत भएको छ । रंगभुमि मैदानको पानी निकास मूल नालासंग नजोडिएको प्रति सम्बन्धित निकाय मौन भई बसेको पाईएको छ ।

 

प्रतिक्रिया