गौशाला : महोत्तरीको बर्दिवास नगरपाकिलामा एक गरिव परिवारलाई विजलपुरा युवा समाज सेवा संस्थाले आर्थिक सहयोग गरेको छ ।
करिब सात महिनादेखि बिरामी भएका कारण आर्थिकरुपमा कमजोर भएका बर्दिवास नगरपालिका वडा नम्वर १३ का भरत राउतको छोरा वर्ष २३ का सरोज राउतलाई सो संस्थाले आर्थिक सहयोग गरेको हो ।
नेपाल घर भई विदेशमा रहेर पैसा संकलन गर्दै आपतविपतमा परेकाहरुलाई राहत प्रदान गर्ने उद्देश्यले सरोज राउतलाई नगद ३२ हजार ८ सय ७२ रुपैया संस्थाका प्रतिनिधी हरिन्द्र राउतले जानकारी दिनुभयो ।
परिवारको अवस्थालाई मध्यनजर गर्दै सरोज राउतलाई सहयोग गरेको संस्थाका सचिव रामसुनर राउतले जानकारी दिनुभयो ।
स्थानीय सरकारले गरीब तथा विपन्नहरुलाई परेको बेला कुनै किसिमको सहयोग नगरे पछि महोत्तरीका युवाहरुले खाडीमुलुकमा गएर रगत सुकाई कमाएको पैसाले परेको बेला बखतमा गरीब तथा विपन्न परिवारलाई चाहे अनुसारको नभएपनि थोरै मात्रामा भए पनि सहयोग गर्नु धन्यवादको पात्र बनेकाछन् । सरोज राउत भन्नुहन्छ आपतमा परेको बेला कोहीले कसैले सहयोग नगरेपछि आफु विवस भएको कुरा विजलपुरा युवा समाज संस्थाका युवाहरुले जानकारी पाएपछि थोरै भएपनि आफुलाई सहयोग गरीदिने संस्थाका सम्पूणर् सदस्यहरुलार्ई धन्यवाद दिएका छन् ।
विगत एक वर्ष देखी मलेशिया, दुबैई, कतार, भारत,दुबैई, साउदीमा रहेका युवाहरु मिलेर प्रत्येक महिनाको एक व्यक्तिले १ हजार देखि ५ हजार सम्मको रकम उठाएर यस्ता पिडित व्यक्तिहरुलाई सहयोग गरिरहेको संस्थाका अध्यक्ष सगिन्द्र राउतले जानकारी दिनुभयो ।