पत्रकार यादवमाथि आक्रमणको प्रयास ! (भिडियो सहित)

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका ७ हनुमान चोकलाई इस्लाम चोक बनाउने यूवाहरुले पत्रकार सुरेन्द्र यादवमाथि आक्रमणको प्रयास गरेका छन् ।

न्यूजब्यूरो अनलाइनका पत्रकार यादवलाई केहि यूवाहरु जनकपुरको भानु चोकमा बोलाएर आक्रमणको प्रयास गरेका हुन् ।

हनुमान चोकलाई इस्लाम चोक नामाकरण गर्ने युवाहरु न्यूजब्यूरो नामक फेसबुक पेजमा राखेको भिडियो हटाउन पत्रकार यादवलाई दबाब दिएका थिए ।

भिडियो नहटाउने भनेपछि ६/७ जनाको समूहमा रहेका यूवाहरु पत्रकार यादवलाई घेरेका थिए । तर त्यहाँ उपस्थित यूवाहरु पत्रकार यादवलाई साथ दिएपछि आक्रमणको गर्ने नियतले आएका यूवाहरु पछाडी हट्न बाध्य भए ।

बसहिया रोडमा रहेको इस्लाम मार्केटका प्रोपराइटरले इस्लाम चोक उल्लेख गरेको छ । तर सो चोकको नाम भने हनुमान चोक रहेको स्थानीय बताउँछन् ।

हनुमान मन्दिर रहेकाले पहिलेदेखि नै ‘हनुमान चोक’ नामाकरण गरिएको भएपनि ‘इस्लाम चोक’ बनाउने षड्यन्त्र भइरहेको छ ।

जनकपुरमा चोकको नामाकरण : हनुमानचोकलाई इस्लामचोक लेखेपछि… (भिडियो सहित)

प्रतिक्रिया

सम्बन्धित समाचार