Saturday 20th of April 2024

महोत्तरीको गौशालामा कारको ठक्करबाट एकको मृत्यु, आक्राेसित भीड गरे गाडीमा आगजनी (भिडियो सहित)

0 Shares

गौशालाः महोत्तरीको गौशाला नगरपालिकामा कार दुर्घटनामा परि एक पुरुषको मृत्यु भएको छ ।

आइतबार राती ८ बजेको समयसमा गौशाला नगरपालिका वडा नं. १ सशस्त्र वेसक्याप नजिकै बर्दिवासबाट गौशाला आउँदै गरेको बा.६ च.४६१७ नं. को कारले पैदल यात्री गौशाला नगरपालिका वडा नं. १ वस्ने वर्ष ५० को रामपुकार महतोलाई ठक्कर दिंदा निजको घटना स्थलमानै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदिप वस्यालले जानकारी दिनुभयो ।

कारको चालक गौशाला नगरपालिका वडा नं. १० लक्ष्मीनियाँ वस्ने अन्दाजी २१ को सुदिप मगरलाई गौशाला ईलाका प्रहरी कार्यालयको नियन्त्रणमा लिई अनुसन्धान भई रहेको वस्यालले बताए । शवलाई स्थानीयहरुले उठाउन नदिए कारमा आगो समेत लगाएका छन् ।

प्रतिक्रिया