0
Shares
![](https://i0.wp.com/rupantaranonline.com/wp-content/uploads/2021/08/Deuba-First-Cabinet-meeting-2078-Asar-29.jpg?fit=608%2C405&ssl=1)
काठमाडौं / सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुको शीघ्र उद्दार गर्ने निणर्य गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार विहान बसेको बैठकले नेपालीहरुको शीघ्र उद्दार गर्ने निणर्य गर्दै समन्वयात्मक रुपमा काम अगाढि बढाउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएको बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
अफगानिस्तानमा विद्रोही समूह तालिबानले कब्जा जमाएपछि राजधानी काबुलमा भयको वातावरण छ । विमानस्थलमा काबुल छाड्न चाहनेहरुको भागदौड देखिन्छ ।
त्यहाँ करिब १५ सय नेपालीहरु रहेको अनुमान छ । उनीहरुको अवस्था थाहा हुन सकेको छैन । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सम्पर्कमा आउन आह्वान गरेको छ ।