नाजिर हुसेन : एक मामुली ठिटो, जो नायकको व्याकरण बदल्दैछन्

शिव मुखिया

काठमाण्डौं / बाराको डुमरवानाबाट रात्रिबस चढेर पहिलो पटक काठमाडौं आउँदा नाजिर कम्ती मक्ख थिएनन् । घर छाडेर यसरी कहिल्यै लामो यात्रामा निस्किएका थिएनन् । तीव्रताका साथ हुँइकिरहेको बसको झ्यालबाट फटाफट देखिने दृश्यहरुमा उनी एकोहोरिएका थिए ।

राजमार्गको होटलमा बस रोकिएको थियो, खानाका लागि । यात्रुहरूको हुलमा ओर्लिएर उनले खुब स्वादसँग मासुभात खाएका थिए । घरमा छँदा यस्तो मौका विरलै जुर्थ्यो ।

अक्सर घरको चुल्होमा रोटी र लट्टेको साग पाक्थ्यो । उनलाई त्यस्तो खानामा रुचि थिएन । घिरौंलाको तरकारी पनि कति खानु ? दिक्क लाग्थ्यो । कहिलेकाहीं भात पाक्दा फुरुंग पर्थे । बेला-मौकामा भात पाक्थ्यो । लोकल कुखुराको मासु भए त भान्सा नै उज्यालो !

तर, घरमा पालिएको कुखुरा मासु खानका लागि भन्दा पनि बेच्नका लागि हुन्थ्यो । त्यही बेचेर विद्यालयको शुल्कदेखि नुनतेलसम्म जोहो हुन्थ्यो । त्यसैले घरको भान्सामा मासु पाक्नलाई दुर्लभ संयोग जुर्नुपर्थ्यो ।

घर छाडेको पहिलो दिन उनले मुखको स्वाद फेरे । ११ घण्टाको यात्रापछि रात्रि बसले काठमाडौंको नागढुंगा नाका पार गर्‍यो । उनी कलंकीमा उत्रिए । झिसमिसे उज्यालो भइसकेको थियो । कान्छी दिदी रमिना हुसेन थापाथलीमा ट्राफिकको ड्युटीमा थिइन् । उनी तुरुन्तै हिरो होन्डाको स्प्लेन्डर बाइक लिएर आइपुगिन् । उनले भाइलाई बाइकमा राखेर थापाथलीको कार्यलयमा विश्राम गराइन् ।

eHimalaya Online || News from nepal » प्रिन्सि र प्रिज्मासङ्ग नाजिर हुसेन।

ड्युटी सकेर डेरा फर्किएपछि दिदी-भाइ काठमाडौं शहर घुम्न निस्किए । साँझ पर्ने बखत आकासे पुल माथि उभिएर उनले सन्ध्याकालिन शहरलाई निर्निमेष हेरिरहे । तल बाटोमा एकनासले गुडिरहेको गाडी देखेर रोमाञ्चित भए । गाडीको ताँतीमा खोला जस्तै बगेका देखिए बिजुलीका प्रकाश-पुञ्ज । उनलाई रातभर त्यहीँ हेरिरहुँ लाग्यो ।

दिदीको डेरा-कोठा पक्की घरमा थियो । भित्ताहरू चिल्ला र बलिया थिए । उनी मनमनै त्यसलाई गाउँको आफ्नो घरको माटोको भित्तासँग तुलना गर्दै अबेला निदाए ।

चार वर्षपछि…

शहरका चम्किला मल्टिप्लेक्सका सुनौला भित्ताहरु उनका पोस्टरले झकिझकाउ छ । व्यस्त शहरका होर्डिङ बोर्डदेखि सिंगल थिएटरका बाल्कोनीसम्म उनको फोटो सजाइन्छ । अखबारहरुले उनको बखान छापेको छ । क्यामेराका असंख्यौं लेन्स उनीमाथि सोझिन्छन् । फ्ल्यासलाइटको चमकमा उनको अनुहारको आभा प्रकट हुन्छ ।

अन्ततः सर्वत्र सार्वजनिक हुन्छन्, नाजिर हुसेन ।

नाजिर हुसेन र केकी अधिकारी स्टारर 'राज्जा रानी' मैथिली भाषामा | Hamro Patro

दृढता, अटुट लगाव, कडा श्रमको आलोकमा टेकेर मधेशका एक मामुली ठिटो शहरको सप्तरंगी संसार सयर गर्न पुग्छन् । कहिले थिएटरका मञ्चहरुमा त कहिले सिनेमाघरका पर्दाहरुमा विचरण गर्दै एक नायकको रुपमा पदार्पण हुन्छन् । पुन्टे परेड, होस्टल रिर्टन्स, वीर विक्रम जस्ता सिनेमाबाट आफ्नो बेग्लै धरातल निर्माण गर्छन् ।

……………..

‘कान्छा, बाँच्न चाहिँ सिक्नुपर्छ है ।’ नाजिरकी आमा यसै भन्थिन् ।

आमा मीना बेगम स्थानीय स्वास्थ्यचौकीमा काम गर्थिन् । स्वयम् सेविकाको रुपमा । खासमा त उनी काठमाडौंकी रैथाने थिइन् । सिमराकी मुसलमानसँग घरजाम गरिन् । हिन्दु र मुसलमानको मिश्रित संस्कारमा नाजिर हुर्किए ।

ग्रुपिजम पनि नेपोटिजमकै उपज हो' : नाजिर हुसेन « Ramailo छ

आमा चाहन्थिन्, ‘कान्छो कम्तिमा अहेबसम्म बनोस् ।’ आफूले काम गरिरहेको स्वास्थ्य चौकीमा अहेब बनेर फर्किएको देख्ने कस्तो रहर हुँदो हो ?

तर, कान्छो अहेब बनेनन्, अभिनेता बने । दुःखजिलो गर्दै आफ्नो भाग्यरेखा आफैंले कोरे । देश-दुनियाँमा चिनिए । धेरैले धाप मार्दै भने, ‘अहो ! तिमीले खुब राम्रो गर्‍यौं ।’ दुःखको कुरा, यतिबेला उनीसँग खुसी साट्न आमा थिइनन् । नाजिर आफ्नो कर्मसँग जुध्दै गर्दा, आमा मृत्युसँग लड्दै थिइन् ।

जसै नाजिर रंगमञ्च र सिनेमाको चक्कर लगाइरहेका थिए । पारिवारिक सम्बन्ध खराब हुँदै थियो । आमा सधैंका लागि बिदा भइसकेकी थिइन् । दिदीहरु अलग भइसकेकी थिइन् । उनी एक्लिदै थिए ।

कान्छी दिदीको जोड थियो, नाजिरलाई प्रहरी बनाउने । ‘पढेलेखेको छस्, हवल्दारसम्म भए पनि ढुक्क हुन्छ,’ दिदी फकाउँथिन् । तर, रंगमञ्चको ह्याङओभरबाट कसरी बाहिर आउने ? नाजिरका लागि उल्टो बाटो हिँडे झै हुन्थ्यो । उनी त पढाई हापेर, आफ्नै मर्जीको लोक विनिर्माण गर्न लागिपरेका थिए । र, यसले उनलाई पारिवारिक सम्बन्धबाट अलग गराउँदै लगेको थियो ।

नाजिर हुसेन र शुशिला थापा अभिनित 'कति माया' सार्वजनिक (भिडियो) | Nepal  Khabar

निकै विरत्तलाग्दो पारिवारिक सम्बन्धबाट गुज्रिरहेको अवस्था थियो त्यो ।

सन् २०१३ मा प्रदर्शित ‘होस्टल रिर्टन्स’ पछि शहरमा एक पात्रको खुब चर्चा हुन्छ । ती मधेशी पात्रको नाम, रामेश्वर यादव । साहयक भूमिकामा सही, उनको चरित्र–निर्माण र प्रस्तुति जोडदार छ । सिनेमा हेरेर बाहिरिएका दर्शकहरु यो पात्रमाथि साहनुभूति पोख्छन् । समीक्षकहरु पात्र र प्रवृत्तिको शानदार कथा केलाउँछन् । सिनेमाका दिग्गज समालोचकहरु यसको सामाजिक मनोविज्ञानबारे बहस छेड्छन् । यसरी चर्चाको उत्कर्षमा पुग्छन्, रामेश्वय यादव अर्थात नाजिर हुसेन ।

एक बिहान कान्छी दिदीको फोन आउँछ, जनकपुरबाट । उनको काठमाडौंबाट जनकपुर सरुवा भइसकेको हुन्छ । ‘हामीले तेरो फिल्म हेर्‍यौं । पत्रिकामा पनि फोटो देख्यौं । राम्रो गरेको रहेछस् । हामी खुसी भयौं ।’

लामो समयपछि दिदीको आवाज सुनेर नाजिरको छाती चौडा हुन्छ । मन हल्का हुन्छ । आँखा टिलपिल रसाउँछ ।

 

स्याउली चोकको सेरोफेरो…

स्याली चोकको सेरोफेरो

‘स्याली चोकमा सबथोक छ

तर, तिमी छैनौ आमा

घरको पालीमा गौंथलीले गुँड लाउन अझै छाडेकी छैन

हरेक वर्ष झै कोराल्छे बचेराहरु

र, उडाई दिन्छे आकासमा,

बचेरासँगै उनको सपना पनि त उड्दो हो

स्याली चोकमा सबथोक छ

तर, तिमी छैनौं ।..’

– नाजिर हुसेन

नाजिर हुसेन भए भावुक कविता भन्दै Najir Hussain poem / Heros Nepal - YouTubeदुधौरा खोला पारिको गाउँ, स्याउली चोक । न बजार भन्न मिल्ने, न गाउँ । ठिमाह बस्ती । तामाङ, राई, मुस्लिम, क्षेत्री, चौधरी मिश्रित समाज । चाहे दशैं होस् वा इद, चाहे ल्होसार होस् वा माघी । सबै पर्वमा मिलिजुली उत्सव मनाउथे ।

उनको सानो घर ऐलानी जग्गामा ठडिएको थियो । अघिल्तिर फराकिलो आँगन । त्यही आँगनमा नाजिर हुर्किए ।

बिहान-साँझ घाँस दाउरा गर्नुपर्ने । बाख्रा चराउनुपर्ने । दिउसो विद्यालय । फुर्सदको समयमा दौतरीसँग उन्मुक्त खेल्ने । थोत्रो मोजामा प्लाष्टिक खाँदेर बल बनाइथ्यो । टायलका टुक्राहरु हार मिलाएर राखिन्थ्यो । बलले त्यसलाई ढालेर भाग्नुपर्ने । कहिले प्लाष्टिकमा डोरी बाँध्ने र त्यसमा खोया झुड्याएर प्यारासुट जस्तै उडाउने । भाँडाकुटी खेल्ने । यसरी खेल्दा नाजिरलाई दोकाने बन्नुपर्ने । चकलेटको खोलमा बनमाराको सिन्को बेरेर राख्ने, याक चुरोटको खोल च्यातेर पैसा बनाउने । ‘साह्रै रमाइलो पो हुन्थ्यो त त्यसबेला’ नाजिर नोस्टाल्जिक बन्छन् ।

नजिकै लीलाबहादुर राईको दोकान थियो । त्यहाँ दिउँसो चिया, पाउरोटी बिक्री हुन्थ्यो, राति रक्सी । खासमा नाजिरकी आमाले उनलाई आफ्नो भाइ बनाएकी थिइन् । दशैं-तिहारमा उनीहरु त्यहाँ टिका थाप्न जान्थे ।

एकदिन आमाको खल्तीबाट पैसा निकालेर सुटुक्कै सोही दोकानमा पुगे । उनले पाउरोटी मागे । पैसा दिएर दौडदै घर आए । पछि थाहा भयो, उनले चोरेको नोट त पाँच सय रुपैया पो रहेछ ।

फुँयाल बाजेको टिभी, ठकुरी मामाको गीत

अन्य मुस्लिम बालबच्चा झै उनी पनि मदरासामा कुरान पढ्न जान्थे । पढ्न जाँदा बस्नका लागि बोरा, लेख्नका लागि खरिपाटी र उज्यालोको लागि आफूसँगै टुकी बत्ती लानुपर्ने । त्यसबेला गाउँलाई बिजुली–बत्तिको उज्यालोले छोएको थिएन ।

गाउँमा टिभी पनि त थिएन । टिभी हेर्नका अर्को वस्ती पुग्नुपर्ने । साँझ हतार-हतार गाँस टिप्यो, थाल-बटुका माझ्यो, अनि बेपत्तासँग दौडियो । त्यसबेला फुँयाल बाजेको घरमा मात्र टिभी थियो । चाडै जानेले घरभित्र बसेर हेर्न पाउथे, अरुले झ्यालमा । त्यसबेला १४ इन्चको श्यामश्वेत टेलिभिजनमा आउने चन्द्रकान्ता, मुमिन, मुना हेर्न तँछाडमछाड चल्थ्यो ।

त्यसअघि साबुनको विज्ञपन गर्ने टोली गाउँमा आएको थियो । विद्यालयको प्राङ्गणमा पर्दा टाँगेर उनीहरुले फिल्म देखाएका थिए । आफ्ना साथीसंगीका साथमा चौरमा बसेर नाजिरले पनि ‘भाउजु’ फिल्म हेरे । पहिलो पटक पर्दामा उनले राजेश हमाल र करिष्मा मानन्धरलाई देखे । फिल्म सकियो । तर, उनी उठेनन् । नाजिर पर्खिरहेका थिए, पर्दाको पछाडिबाट ती कलाकाहरु फुत्त बाहिरिनेछन् ।

रंगकर्मीले सुनाए कविता :: Setopati

एक साथी थिए, विष्णु अधिकारी । एकदिन दुवै साइकलमा कतै गइरहेका थिए । हावाको लहरसँगै साथीको मुलायम कपाल सर्लक्क पछाडि फर्कन्थ्यो । गाइले चाटेको जस्तै सिनित्त थियो । नाजिरलाई पनि त्यसरी नै बाल फर्काएर हिँड्न मन लाग्यो । घर फर्केर उनले पानी लगाएर बाल फर्काए । त्यही बेलादेखि हो, उनले आफ्नो रुपरंगमा ख्याल गर्न थालेका ।

घरमा रेडियो थियो । त्यसमा हिन्दी गीत बज्थ्यो । कोठाभित्र नाजिर नाच्थे । अरुको सम्मुखमा उभिएर भने नाच्न लाज लाग्थ्यो ।

गाउँमा ठकुरी मामा थिए, रसिक पाराका । उनी खुब गाउथे । स्वर पनि उत्तिकै मीठो । नाजिरकी आमा भने मादल बजाउन माहिर । राति खाना खाइसकेपछिको बखत । केटाकेटीहरु आँगनमा भेला हुन्थे । आमाले मादल बजाउने, ठकुरी मामाले गाउने । ‘कालीपारी दाई कति राम्रो, ढाका टोपी…।’

केटाकेटीहरु नाच्थे । नाच्ने हुलमा मिसिएका हुन्थे नाजिर पनि ।

क्रमस लाजको पर्दा च्यातिदै गयो । गाउँलेहरु भन्थे, ‘कान्छाले कस्तो राम्रो नाच्छ ।’ नाजिरको मनोवल बढ्यो । विद्यालयका कार्यक्रममा उनी नाच्न अग्रसर भए ।

नाजिर कक्षा ६ मा पढ्दै थिए । विद्यालयमा रंगकर्मी राजन खतिवडा देखापरे । उनी सोही गाउँका थिए तर, काठमाडौंमा बसेर रंगकर्म गरिरहेका थिए । विद्यालयमा उनले एकल नाटक मञ्चन गरे । नाजिरलाई त्यो कला गजब लाग्यो । उनका शरीरका तन्तुहरु यसै तंग्रिए ।

गाउँमा एउटा पत्रिका पसल थियो । त्यहाँ उनलाई पत्रिका पढ्न छुट थियो, सित्तैमा । उनी पत्रिका त्यस्तै कला–मनोरञ्जनका समाचार हेर्थे । कलाकारिताप्रति उनको लगाव बढ्दै गयो ।

सीमा ठकुरीलगायत दाइहरुले गाउँमा सडक नाटक देखाउन थालेका थिए । नाजिर पनि त्यसमा मिसिए । हाटबजारमा गएर चेलिबेटी बेचविखन, लागूऔषधविरुद्ध नाटक देखाउथें ।

सोही बखत नेदरल्यान्डको एउटा टोलीले कन्टेम्पोररी डान्स वर्कसपका गराउन लागेको उनले थाहा पाए । उनी बाटो खर्च बोकेर काठमाडौं हिँडे ।

वर्कसपमा भाग लिइरहँदा एक प्रशिक्षकले भने, ‘तिम्रो आँखाको इमोशन बोल्छ । यो वर्कसपपछि पनि तिमीले कुनै थिएटरमा गएर अभिनय सिक्नु ।’

मण्डला थिएटरको बास

कपडाको पाइन्ट र सर्ट लगाएर, पछाडि ब्याग भिरेर उनी अनामनगर पुगे, मण्डलाको कार्यालय । त्यसबेला मण्डलाको हल बनिसकेको थिएन । सानो कार्यालय थियो । कार्यालयमा थिए, दयाहाङ राई, राजन खतिवडा र सिर्जना सुब्बा ।

पैसा नभएर वसन्तपुरको मन्दीरमा तीन रात काटेको थिएँ ” : नाजिर हुसेन «  Khasokhasत्यसमध्ये उनले चिनेको एउटै मान्छे, राजन खतिवडा । उनी पनि गाउँले भएका नाताले । दयाहाङ कहिँ कतै देखे जस्तो मात्र लाग्ने । ‘माइला डटकम’ भन्ने नाटक लिएर उनीहरु भारत गएका रहेछन् । सोही बेला पत्र–पत्रिकामा छापिएको फोटो नाजिरले देखेका थिए ।

उनीहरुले नाजिरलाई सोधे, ‘के गर्न चाहन्छौं ?’

नाजिरले दृढतासाथ भने, ‘म एक्टिङ गर्न चाहन्छु ।’

संयोग कस्तो भने, त्यसबेला मण्डला टिम अभि सुवेदी लिखित ‘चिरिएका साँझहरु’ नाटकको तयारीमा थिए । उनीहरुलाई कोरसका लागि मान्छे चाहिएको थियो । त्यही रिक्त ठाउँमा नाजिरले ठाउँ पाए । बसन्तपुरको बाटो हुँदै उनी दिनदिनै मण्डला आइपुग्थे । कहिले काहीँ दिदीले पकेट खर्च पाँच सय रुपैयाँ दिन्थिन् । उनी त्यो पैसा निकै जतन गरेर राख्थे । तलतल लागेको बेला बसन्तपुरमा एक कप कालो चिया पिउथे ।

रिहर्सल गरिरहँदा राजन खतिवडाले भने, ‘तिम्रो शरीर कस्तो लचिलो रहेछ । फिजिकल ड्रामाको लागि राम्रो हुन्छ ।’ तर, मण्डलाको भवन बनिसकेपछि जब उनी अभिनय कला सिक्न थाले लाग्यो ‘म शून्यमा छु ।’

त्यसअघि नाटकमा सानोतिनो भूमिका त गरिसकेका थिए । तर, अभिनय कला सिकेका थिएनन् । अभिनय सिक्दै जाँदा उनलाई के पनि लाग्यो भने, ‘म गलत ठाउँमा आएँ ।’

यद्यपि त्यसबखत मण्डला थिएटर बनाउने काम जोडतोडले भइरहेको थियो । बुद्धि तामाङ, विजय बरालहरु मिस्त्रीको काममा खटिएका थिए । नाजिर पनि उनीहरुकै पछि लागे । इटा धुने, बालुवा मुछ्ने इत्यादि काम गरे ।

उनीहरुलाई खान–बस्न त्यही एउटा कोठा उपलब्ध थियो । चार-पाँच भाइ एउटै चुल्होमा पकाएर खान्थे, एकै ठाउँ ओछ्याउन बनाएर सुत्थे । बुद्धि तामाङ अलि जुझारु र जिम्मेवार पनि । उनी सबैलाई हप्कीदप्की गर्थे र काम पनि सिकाउथे । सबै जनाको भात पकाउने पालो हुन्थ्यो । कसले कुन बार भात पकाउने भनेर बुद्धि तामाङले नै सूची बनाएर भान्सामा टाँसेका थिए ।

उनी बिजुलीको काम गर्न पोख्त । उनी कामका लागि बाहिर पनि जान्थे । केही रुपैयाँ बोकेर फर्कन्थे । यसरी फर्कदा उनले मासु ल्याउथे । ‘सधैभर बुद्धि दाइ काम गर्न गइरहे हुन्थ्यो भन्ने लाग्थ्यो’ नाजिर भन्छन्, ‘कम्तीमा मासु त खान पाइन्थ्यो ।’

कहिले काहीँ दयाहाङ राई, राजन मुकारुङ आउथे । गफ हुन्थ्यो । उनीहरु आएको बेला मण्डलाको भान्सामा मासु पाक्थ्यो । नाजिरलाई लाग्थ्यो, उहाँहरु आइरहे हुन्थ्यो ।

गुरुकुल सग्लै थियो, त्योबेला । उनी गुरुकुल जान्थे । आँगनमा आगो बालिन्थ्यो । सबैजना आगो वरिपरी बसेर गफिन्थे । सौगात मल्ल, सरिता गिरी, विपिन कार्कीहरु आउथे । आफ्नो अनुभव सुनाउथे । नाजिरलाई खुब चाख लाग्थ्यो उनीहरुको कुरा । सुनिल पोखरेलसँग भने उनलाई डर लाग्थ्यो ।

यद्यपि ती सबै कोमल मनका थिए । सहृदयी र सहयोगी थिए । रंगमञ्चमा काम गर्नेहरु सबै जीवन र जगतसँग धेरै नजिक भएका जस्ता । जीवनलाई नजिकबाट बुझ्ने र सीप सिक्ने ठाउँ यही हो भन्ने लाग्यो, नाजिरलाई ।

‘नाटक लेख्ने र खेल्ने मात्र होइन, उहाँहरु नै बाजादेखि प्रकाससम्मको व्यवस्था मिलाउने, सेट डिजाइन गर्ने, रंगरोगन गर्ने’ नाजिर भन्छन्, ‘रंगमञ्च जीवनसँग धेरै नजिक हुने रहेछ ।’

Hostel Returns - Alchetron, The Free Social Encyclopedia

यतिबेलासम्म उनले ‘सुनकेसरी’, ‘चरणदास चोर’, ‘जम्पिङ फ्रग’ जस्ता नाटकहरु खेलिसकेका थिए । एकपटक निर्देशक सुरज भुषाल र निर्माता सुनिल रावल नाटक हेर्न गएका रहेछन् । उनीहरुको नजरमा परे, नाजिर ।

त्यसबेला उनीहरु ‘होस्टल रिर्टन्स’को तयारीमा थिए । त्यसका लागि एउटा मधेशी युवाको खोजी पनि भइरहेको थियो । सोही ठाउँमा उनीहरुले नाजिरलाई अफर गरे ।

तर, नाजिर दोधारमा थिए । रंगमञ्चको रस भिजिसकेको थियो । उनले दयाहाङलाई सोधे, ‘दाजु यस्तो कुरा हुँदैछ, के गरौं ?’

दयाले सहज भावमा भने, ‘गर न । अनुभव पनि हुन्छ ।’

त्यसपछि उनी ‘होस्टल रिर्टन्स’मा आवद्ध भए । यसअघि ‘पुन्टे परेड’ खेलिसकेका थिए । तर, ‘होस्टल रिर्टन्स’ले नै उनलाई सार्वजनिक चिनारी दियो ।

त्यसबेलासम्मको अवस्था के थियो भने, मधेशी पात्रलाई चलचित्रमा हास्य चरित्रका लागि घुसाइन्थ्यो । सिनेमामा हल्का रमाइलोको लागि मधेशी पात्रको टेको लगाइन्थ्यो । नाजिरको पदार्पण पनि यसैगरी भयो । उनको चरित्र यस्तो थियो कि, मानौ त्यो पात्र देखेर दर्शकहरुले मनोरञ्जन लियोस् । तर, नाजिरले उक्त चरित्रलाई यति बलशाली बनाइदिए कि, दर्शकले उनलाई हाँसीमजाकभन्दा अलग राखेर हेरे ।

त्यसपछिका दिनहरुमा नाजिरको यात्रा अरु फराकिलो भयो । फगत हास्य पात्रको रुपमा नभई, केन्द्रिय चरित्रमा उनलाई उभ्याइयो । सिनेमाको सम्पूर्ण कथा उनको काँधमा थमाइयो । मधेशी ठाँट र लवजलाई ‘नायक’मा रुपान्तरण गरियो ।

                                                                    सभार : अनलाईन खबर

प्रतिक्रिया