
गौशाला : महोत्तरीको गौशाला नगरपालिकाको वडा नम्बर–१०/११ भरतपुरमा आजदेखि तेस्रो पटक १० दिवसिय श्री सीताराम नाम जाप नवाह महायज्ञ सुरु भएको छ ।
गौशाला नगरपालिका वडा नम्बर १० स्थित वडा कर्यालय अगाडी ब्रह्म स्थानमा १० दिने नवाह सुरु भएको हो । ब्रह्म स्थानमा सुरु भएको सो समारोहमा ४ सय ५ कुमारी कन्याद्धारा कलश यात्रा निकालिएको थियो ।
बाजागाजा सहित निकालिएको सो कलश यात्रामा सहितको भक्तजनहरु नगरको विभिन्न क्षेत्रको परिक्रमा गरिएको थियो । भरतपुर र गौशाला बजारको बीचमा अवस्थित मरहा खोला ९मांडवी गंगा०मा जल भरि ब्रह्म स्थानमा स्थापित गरिएको श्री सीताराम नाम जाप नवाह महायज्ञ समितिका हरिचरण महतोले बताए ।
यस किसिमका कार्यक्रमले हिन्दु संस्कृतिको जगेर्ना तथा विकासमा टेवा एवं समाजमा शान्तिको आभाष हुने विश्वास गरिन्छ ।
प्रतिक्रिया