Friday 12th of April 2024

रौतहटबाट भारतीय नोट १ लाख ३८ हजार सहित एकजना पक्राउ

0 Shares

रौतहट : रौतहटबाट एकजना प्रतिबन्धित भारतीय नोटसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत बिहार राज्यको दरभंगा जिल्ला कम्तौल बस्ने ४० वर्षीय सन्जित साह रहेका छन् ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले गौर नगरपालिका-५ मेनचौकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

उनको साथबाट प्रहरीले प्रतिबन्धित २ हजार दरका ६९ थान गरी जम्मा १ लाख ३८ हजार भारतीय रुपैयाँ बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया