Sunday 9th of February 2025

औरहीका स्थानिय राजनितीक दलका जनप्रतिनिधीहरुले नगरप्रमुखलाई बुझाए ज्ञापनपत्र ।।

0 Shares

औरही : नगरमा सुशासन स्थापना गर्नका लागि दवाव स्वरुप महोत्तरीको औरही नगरपालिकाका नगरप्रमुखलाई स्थानिय राजनितीक दलका जनप्रतिनिधीहरुले १५ बुँदे ज्ञापनपत्र बुझाएका छन ।

सोमबार स्थानिय नेकपा एमाले, जनता समाजवादी पार्टी र नेकपा माओबादी औरही नगर समितीले नगरप्रमुख सुनिल कुमार यादवलाई ज्ञापनपत्र बुझाईएको हो । १५ बुँदे सर्वदलीय ज्ञापनपत्रमा किसानहरुको मलखाद्य सुलभरुपमा उपलब्ध गराउनुपर्ने, नगरका प्रतिनिधी एवम कर्मचारीले उपयोग गर्ने सवारीसाधनको अवस्थामा सार्वजानिक गर्नुपर्ने, प्रधानमन्त्री स्वरोजगार कोषको रकम हिनामिना गर्नेलाई कारवाही गर्नुपर्ने,नगरको स्वामित्वमा रहेको जे.सि.भी. र ट्रयाक्टर प्रयोजन सहितको अवस्था सार्वजानिक गर्नुपर्ने, मेयर,उपमेयर र अधिकृतले प्रयोग गरेको गाडीको अवस्था सार्बजानिक, सम्मान तथा संस्कारको राजनीति सुरवात तथा न्यायिक समिति तुरुन्त कार्यान्वयन गनुपर्ने लगायतका माग रहेका छन ।

आफुले यसभन्दा अगाडि पनि नगरपालिकालाई ध्यानाकर्षणपत्र बुझाईएको र सो सम्बन्धमा कुनै पहल नभएपछि पुन आफुहरु नगरप्रमुखलाई ज्ञापनपत्र बुझाईएको स्थानिय दरेश यादवले जानकारी दिनुभयो ।

ज्ञापन बुझाउने कार्यक्रममा ज.स.पा.का तर्फबाट शंकर यादव, महेन्द्र राय, राजनारायण यादव, दरेश यादव र ने.क.पा. एमालेबाट सत्य नारायण यादव, सरोज यादव तथा माओवादीबाट रामबाबु चौधरी लगायतका राजनितीक दलका जनप्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया