ढल्केवर । पिछडावर्ग ओविसी महासभाले सरकारविरुद्ध चरणवद्ध आनदोलनको घोषणा गरेको छ । शनिवार प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी पिछडावर्ग ओविसी महासभाले विभिन्न चरणको आनदोलनको कार्यक्रम सार्वजानिक गरेको हो ।
आफुहरुको पटक पटकको ध्यानाकर्षण तथा दबाबका बाबजुद पनि आफूहरुको जायज मागको कुनै सुनवाई नभएपछि जनकपुरधाममा फागुन २१ र २२ गते दुईदिनसम्म चलेको ओबिसीको केन्द्रिय कार्य समितिको बैठकले सरकार विरुद्ध आनदोनलमा जाने निष्कर्श निकालेको परेको पिछडावर्ग ओविसी महासभाका केन्द्रिय अध्यक्ष राम कुमार महतोले जानकारी दिए ।
अगामी बैशाख ११ गते मधेश बन्दको आह्वान गरेको पत्रकार सम्मेलनमा ओबिसीका केन्द्रिय अध्यक्ष महतोले बताए ।
जन्मसिद्व नागरिकता प्राप्त गरेका सन्तानलाई वंशजको नागरिकता दिनुपर्ने, पिछडावर्ग ओविसी आयोग गठन गर्नुपर्ने लगायतका पाँचबुँदे मांग राख्दै केन्द्रिय समितिले मधेश बन्द अगाडि चैत १९ देखि २०७८ बैशाख १० गते सम्म विभिन्न चरणमा आन्दोलन गर्ने निर्णय गरेको पिछडावर्ग ओविसी महासभाका केन्द्रिय सहमहासचिव नागेन्द्र सिंहले बताए ।
यस्ता छन् ओबिसीले सार्वजानिक गरेको आन्दोलनका कार्यक्रमहरु :
१) मिति २०७७ फाल्गुन २३ गते देखि मिति २०७७ चैत १४ गते सम्म मधेशका जिल्लाहरुमा विभिन्न संघ संस्था, राजनितिक दल, वुद्धिजिवि, समाजसेवि लगायत सरोकारवाला संग अन्तरकृया गोष्ठी गर्ने ।
२) साप्ताहिक धर्ना कार्यक्रमः
क) २०७७ चैत १९ गते विहिवार सिरहा
ख) २०७७ चैत २० गते शुक्रवार महोत्तरी
ग) २०७७ चैत २१ गते शनिवार सर्लाही
घ) २०७७ चैत २२ गते आईवार रौतहट
ङ) २०७७ चैत २३ गते सोमवार बारा
च) २०७७ चैत २४ गते मंगवार पर्सा
छ) २०७७ चैत २७ गते बुधवार धनुषा
३) २०७७ चैत २९ विरोध सभा जनकपुरधाममा ।
४) २०७८ बैशाख ७ गते विरोध सभा काठमाडौं माईतिघर मण्डेलामा ।
५) २०७८ बैशाख १० गते मधेशका सबै जिल्लामा मसाल जुलुश
६) २०७८ बैशाख ११ गते मधेस बन्द ।