सर्लाहीमा सरकारी मोटरसाइकलबाट लागुऔषध तस्करी

सर्लाही : सरकारी नम्बर प्लेटको मोटरसाइकलमा लागुऔषध लिएर हिँडिरहेको अवस्थामा सर्लाहीबाट सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा धनकौल गाउँपालिका–३, निवासी २६ वर्षीय जयकिशोर सिंह रहेका छन् । लागुऔषधसहित पक्राउ परेका सिंह धनकौल गाउँपालिकाका कार्यालय सहयोगी हु्न् ।

सशस्त्र प्रहरी उपरीक्षक ९एसपी० गङ्गाराम श्रेष्ठका अनुसार सशस्त्र प्रहरीको सुरक्षा बेस क्याम्प मनुष्माराबाट खटिएको टोलीले उनलाई ना. १ ब. २२१२ नम्बरको सरकारी मोटरसाइकलसहित पक्राउ गरेको हो ।

सिंहको साथबाट लागु औषध सय एमएलको कोडिवेल कफ सिरफ ३७१ बोतल बरामद भएको छ । अहिले उनलाई थप अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार