0
Shares
काठमाडौं : नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ सांसदलाई कारवाही गरेको छ ।
उनीहरुलाई सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिईएको एमालेले जनाएको छ । यसको जानकारी निर्वाचन आयोगमा पनि गराइएको बताईएको छ ।
संसद् भवन बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले नेपालपक्षीय सांसदहरूलाई कारवाही गर्ने निर्णय गरेको हो ।
कारवाही गरिएकामा माधव नेपाल, जीवनराम श्रेष्ठ,मुकुन्द न्यौपाने,रामकुमारी झाँक्री,कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन,विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ,मेटमणी चौधरी रहेका छन् ।