Saturday 15th of June 2024

सर्लाहीमा श्रीमतिले कुटेर श्रीमानको फुटाइदिइन ‘अण्डकोष’ !

0 Shares

सर्लाही । प्रदेश नम्बर २ मा एक जनालाई उनकै श्रीमतिले कुटपिट गरी अण्डकोष नै फुटाइदिएकी हुन् ।

प्रदेश नम्बर २ को सर्लाही जिल्लास्थित ईश्वरपुर नगरपालिका वडा नम्बर १५ मुस्लिम टोल बस्ने बर्ष ६० का जोगी साहलाई उनको आफ्नै श्रीमतिले अण्डकोष फुटाइदिएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, शनिबार श्रीमान र श्रीमतिबीच अँश बण्डाको बिषयमा झै झगडा हुँदा कान्छी श्रीमति अन्दाजी बर्ष ४५ की निमकली देवी साहले कुटपिट गरेपछि उनको अण्डकोष नै फुटाइदिएकी हुन् ।

शनिबार जग्गा जमिनको अँश बण्डालाई लिएर भनाभन भएको थियो । भनाभनपछि केही बेरमै भनाभन विवादमा परिणत भएको स्थानीयहरु बताउँछन् ।

प्रहरीका अनुसार, श्रीमान श्रीमतिबीच झगडा हुँदा हातावाही भएको थियो । हातावाहीको क्रममा कुटपिट भएपछि श्रीमति निमकलीले उनको अण्डकोषमै प्रहार गरेपछि उनको अन्डकोष फुटाएको हो ।

अण्डकोष फुटाएपछि गम्भिर घाईते भएका जोगी साहलाई उपचारको लािग प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यता, कान्छी श्रीमति निमकली देवी साहलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको छ भने यसको अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जनाइएको छ ।  स्रोत ः न्यूज ब्यूरो

प्रतिक्रिया