Wednesday 24th of July 2024

प्रदेश २ : एक वडाध्यक्षको मृत्यू

0 Shares

बारा : प्रदेश २ को बारा जिल्ला स्थित सिम्रौनगढ नगरपालिका एक वडाध्यक्षको मृत्यू भएको छ ।

विरामी परेर उपचारको क्रममा सिम्रौनगढ नगरपालिका –८ वडा अध्यक्ष दामोदर जायसवालको उपचारको क्रममा काठमाण्डौको मेडिसिटी हास्पिटलमा मृत्यू भएको हो ।

५० वर्षीय जयसवाल अकस्मात बिरामी भएपछि साउन १९ गते बीरगञ्जको नारायणी अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार हुन नसक्दा थप उपचारका लागि साउन २० गते काठमाण्डौको दीर्घायु र २३ गते मेडिसिटी हाँस्पिटलमा भर्ना गरिएको थियो ।

उनको त्यहीँ उपचारका क्रममा सोमवार राती १२ः३० बजेतिर निधन भएको नगरप्रमुख बिजय शंकर यादवले बताए । निधन भएका वडा अध्यक्षको आजै अन्तिम संस्कार गरिने पारिवारले बताएको छ ।

२०७४ साल असोज २ गते भएको स्थानीय तहको निर्वाचनमा जैसवाल नेकपा माओवादीबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया