धनुषाबाट तीनजना बिचौलिया (दलाल) पक्राउ

जनकपुरधाम : जिल्ला प्रशासन कार्यालय धनुषाबाट तीनजना बिचौलिया (दलाल) पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका – ४ बस्ने वर्ष ३६ को गुड्डु पुर्वे, जनकपुरधाम – १० बस्ने वर्ष ५० को विजयकुमार साह र जनकपुरधाम– १ बस्ने वर्ष ३५ को विजय मण्डल रहेका छन् ।

उनीहरुले जिल्ला प्रशासन कार्यालय धनुषा पुग्ने सेवाग्राहीलाई छिटो र छरितो काम गराइदिने भन्दै रकम माग्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार