तराई मधेशमा यसपालि पनि ढपक्कै आँपको मजर देखेर किसानहरु खुशी

महोत्तरी । तराई मधेशमा पोहोर जस्तै यस वर्ष पनि आँप बोटमा मजर (फूल) ले ढपक्कै फुलेको छ । बोटमा मजर राम्रो भएपछि गौशाला नगरपालिका वडा नं. ४ किसान झरिलाल महतो लगायत किसानहरु खुशी भएका छन् । उनीहरुका अनुसार मजर लागेदेखी नै उत्पादन राम्रो हुने / नहुने थाहा हुन्छ ।

आँप फुल्नु भनेको उत्पादन बढने संकेत हो , बगैचामा आँप ढकमक्क फुलेको देख्दा उत्पादन राम्रो हुनेछ । गत वर्षको तुलनामा यस वर्ष पनि आँपमा अत्याधिक मात्रामा फूल लागेपछि उनीहरु खुशी भएका छन् । उत्पादित आँप स्वादिष्ट हुने भएकोले काठमाण्डौ, नारायणघाट, पोखरा लगायत छिमेकी राष्ट्र भारतको बिहार राज्यमा बढी माग भएको कारण निर्यात हुने गर्छ । हावाहुरी र असिना नपरी मौसमले साथ दिए तेब्बर आँप उत्पादन हुन्छ । यसबाट गत वर्ष झै यसपालि पनि मुनाफा लिन सक्ने महतोले जानकारी दिए ।

हावाहरी र असिनाबाट रोगथाम गर्न जरामा पानि र फुलमा औषधी छर्कन सुरु गरेको समेत सुनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार