Thursday 18th of July 2024

सर्लाहीको लालबन्दीमा तीन दिनदेखि बेपत्ता युवतीको शव फेला

0 Shares

लालबन्दी : सर्लाहीको लालबन्दीमा तीन दिनदेखि बेपत्ता युवती मृत अवस्थामा फेला परेकी छिन् ।

साउन ३१ गते रातीदेखि बेपत्ता लालबन्दी नगरपालिका–१७ रानिगन्ज डाँडाटोल बस्ने राजन भुजेलकी १६ वर्षीया छोरी प्रिंयका भुजेल मंगलवार राती मृत अवस्थामा फेला परेकी हुन् । युवतीको शव घरदेखि करिव ३ किलोमिटरपर लालबन्दी नगरपालिका–६, स्थित कालिन्जोर खोलामा फेला परेको हो ।

ईलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक निर्मल थापाको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरी मृतक युवतीको शव पोष्टमार्टमका लागि मंगलवार राती नै जिल्ला अस्पताल मलंगवा पठाएको छ ।

युवतीको मृत्युको कारण खुल्न सकेको छैन् । साउन ३१ गते मध्यरातमा युवती बेपत्ता भएको भन्दै परिवारले साउन ३२ गते ईलाका प्रहरी कार्यालय लालबन्दीमा जानकारी गराएका थिए ।

घटनाको सम्वन्धमा सुक्ष्म ढंगले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया