धनुषा : हरिहरपुर–महेन्द्रनगर जोड्ने वैकल्पिक राजमार्ग टिपरले बिगारेको भन्दै हरिहरपुर वडा नं ३ का स्थानीयले गए राती जेसिवी नियन्त्रणमा लिएको छ ।
क्षिरेश्वरनाथ नगरपालिका – ७ र मिथिला नगरपालिका– ३ को सिमामा पर्ने बाटोमा अवैध रुपमा उत्खनन् गरिरहेको अवस्थामा ज १ क ५७९ नम्बरको जेसिवी स्थानीय बासिन्दाले राती करिव ११ नियन्त्रणमा लिएका हुन् । उक्त स्काइभेटर जलाद नदि किनारमा संचालित बन्देवी बालुवा गिट्टी प्रसोधन उद्योग (क्रसर) को रहेको स्थानीयहरुले बताए । स्काइभेटर नियन्त्रणमा लिने क्रममा क्रसरमा हरिहरपुरका स्थानीयबासी र क्रसर संचालक टोलीबीच घम्साघम्सी समेत भएको थियो । गाउँबासीका अनुसार प्रहरी प्रशासन लगायत व्यक्तिहरुको मिलोमतोमा जथाभावी खोलामा स्काइभेटर लगाएर नीजि जग्गा र खेती योग्य जमिन खोलामा खस्ने गरी क्रसर माफियाहरुले खोला उत्खनन् गरिरहेको आरोप छ । स्थानीयहरुलाई आवत जावतका लागि कठीनाई भईरहेको र उक्त बाटोमा टिपर प्रयोगले करिव ३÷४ फिट नै खाल्डाखुल्डी भएकोले गाडी समेत फस्ने गरेको छ ।
यता मिथिला नगरपालिका–३ का स्थानिय वासिन्दाहरुले खोलामा स्काइभेटर लगाएर जथाभावी उत्खनन् गरेर टिपरले बाटोघाटो आवत जावतका बिगारेको भन्दै नियन्त्रणमा लिएको बताए । उनिहरुले अवैध तरिकाले मापदण्ड विपरित भईरहेको खोला उत्खनन् र आक्स्मीक आवत–जावतका लागि समेत बाटो उत्खन्न गरेरहेकै बेला स्काईभेटर नियन्त्रणमा लिदएको हो । स्थानीयले यसबारे छलफलबाट समस्या समाधान गर्ने समेत बताएका छन् । अबैध खोला उत्खनन् रोक्न र बाटोघाटो दुरुस्त बनाउन मेयर र वडाध्यक्षले कुनै चाँसो नदेखाएको आरोप लगाउँदै स्थानीयले क्रसर माफियाहरुको कमिशनको लोभमा फसेर प्रहरी प्रशासन नै सुरक्षा दिई रहेको दावी गरे ।
यता स्थानीय आपसि सम्झौता र बाटो–घाटो दुरुस्त नबनाए सम्म स्काईभेटर नछाड्ने र यस विरुद्ध आज बाटो जाम गर्ने समेत जिकिर गरे ।