
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्ले मंगलबार सिफारिस गरेको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेसँगै जसपा नेपालको आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्षले दल दर्ताका लागि निर्वाचन आयोग जाने तयारी थालेको छ ।
ठाकुर पक्षले पार्टीको नाम जसपा लोकतान्त्रिक नेपाल र चुनाव चिह्न साइकल राख्ने निर्णय गरेको छ । यस्तै, पार्टी केन्द्रीय कार्यकारिणी समितिमा २३ र २४ जना रहने गरी दुईवटा प्रस्ताव तयार पारेको छ ।
जेलमा रहेका रेशम चौधरीले आफ्नो नाम राख्ने विषयमा सहमति जनाएपछि २४ जनाको केन्द्रीय कार्यकारिणीको एउटा र उनी सनाखतमा उपस्थित नभएको खण्डमा २३ जनाको केन्द्रीय कार्यकारिणी बनाउने गरी दुईवटा प्रस्ताव तयार भएको नेता अकवाल मियाँले जानकारी दिए । चौधरी जसपाको आधिकारिकता पाएको उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समितिमा पनि रहेका छन् ।
मियाँले अध्यादेश राजपत्रमा प्रकाशित भएर आएपछि आफूहरू आयोग जाने तयारीमा रहेको बताए ।
प्रतिक्रिया