पूर्व–पश्चिम राजमार्ग बन्द

सर्लाही : स्थित रानिगन्जकी एक किशोरीको मृत्यु भएको विषयलाई लिएर स्थानीयवासीले लालबन्दी स्थित ईलाका प्रहरी कार्यालय अगाडि आएर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

किशोरीको हत्या भएको दावीसहित दोषीलाई कारवाहीको माग गर्दै आक्रोशित स्थानीयहरुले मध्यान्ह १२ बजेबाट नाराबाजीसहित टायर बालेर चक्काजाम गरिरहेका छन् ।

साउन ३१ गतेदेखि बेपत्ता रानिगन्जकी १६ वर्षीया प्रियंका भुजेल मंगलवार राती मृत भेटिएकी थिईन् । उनको मृत्यु शंकास्पद देखिएको भन्दै प्रहरीले दुई युवकलाई नियन्त्रणमा लिएको छ ।

सर्लाहीको लालबन्दीमा तीन दिनदेखि बेपत्ता युवतीको शव फेला

प्रतिक्रिया

सम्बन्धित समाचार