Saturday 20th of April 2024

सर्लाहीको चन्द्रनगर गाउँपालिकाको केन्द्र सार्न खोजिएपछि तनाव

0 Shares

चन्द्रनगर : सर्लाहीको चन्द्रनगर गाउँपालिकाको केन्द्र सार्ने तयारी भएपछि तनाव उत्पन्न भएको छ ।

चन्द्रनगर गाउँपालिकाको वडा नं. ६ र ७ मा पर्ने नाढीमन ताल परिसरमा रहेको गाउँपालिका वडा नं. २ बबरगञ्जमा सार्न खोजिएपछि असहजस्थित सिर्जना भएको हो । अहिले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेर नाराबाजी भइरहेको छ ।

चन्द्रनगरको वडा नं. ६ र ७ का स्थानीय वासिन्दासँगै नेपाली काँगे्रेस र नेकपाका नेता कार्यकर्ताहरुले नाढीमनमै गाउँपालिकाको केन्द्र रहनु पर्ने माग गरेका छन् । गाउँपालिका कार्यालय क्षेत्रमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

भोली बस्ने गाउँपालिकाको विशेष गाउँ सभाले गाउँपालिकाको केन्द्र सार्ने निर्णय गर्ने थाहा पाएपछि विरोध सुरु भएको हो । गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले चन्द्रनगरबाट बबरगञ्जमा गाउँपालिका सार्ने पक्षमा नै बहुमत रहेको दावी गरेका छन् ।

प्रतिक्रिया