0
Shares
गौशाला : महोत्तरीको रातु खोलाबाट अवैध रुपमा बालुवा, गिट्टी उत्खनन् गर्न प्रयोग भएका तीन वटा ट्याक्टरलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ ।
बर्दिवास नगरपालिका–३ स्थित रातु खोलाबाट बालुवा, गिट्टी उत्खनन गर्न प्रयोग भएका तीन वटा ट्याक्टरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
लु ४ त ७७३५, ज.२ त.३०१ र प्रदेश नं.२–०२–००१ त.७२६२ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि बर्दिबास नगरपालिकाको कार्यालयमा पठाइएको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी प्रकाश विष्टले जानकारी दिए ।