Friday 12th of April 2024

सप्तरीबाट कटुवा पेस्तोल सहित दुई यूवा पक्राउ

0 Shares

राम नारायण यादव, राजविराज । कटुवा पेस्तोल सहित राजविराजबाट शनिबार दुई जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुलाई आइतबार सावर्जनिक गरेका छन् ।

पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्वर ७ बस्ने भोगेन्द्र प्रसाद शर्माको २० वर्षीय छोरा महेश कुमार शर्मा र वडा नम्वर ५ बस्ने विरेन्द्र साहको १९ वर्षीय छोरा प्रमोद साह रहेका छन् ।

उनीहरुलाई राजविराज नगरपालिका वडा नम्वर ६ बाट एक थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने २ थान गोली सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिए ।

विशेष सूचनाको आधारमा खटेको वडा प्रहरी कार्यालय राजविराजका प्रहरी टोलिले उनीहरुलाई स ७ प ९६७० नम्वरको मोटरसाइकलमा जाँदै गरेको अवस्थमा चेकजाँचको क्रममा उनीहरुको साथबाट कटुवा पेस्तोल र सोमा प्रयोग हुने २ राउण्ड गोलि समेत बरामद भएको हो । उनहिरु उपर हातहथियार खरखाजाना मुद्दा चलाउने तयारी भईरहेको सप्तरीका प्रहरी उपरिक्षक धमलाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतिक्रिया