Saturday 20th of July 2024

सहिद रामबृक्ष मञ्चको शिलान्यास

0 Shares

जनकपुरधाम : शहिद रामबृक्ष यादवको २७ औं स्मृति दिवसको अवसरमा धनुषामा विविध कार्यक्रम गरि मनाएको छ ।

बुधबार धनुषाको नेकपा माओवादी केन्द्र धनुषाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण हुन नसकेकाले पालिका स्तरमै सहिद रामबृक्ष यादवको स्मृति दिवस मनाएको हो ।

सो अवसरमा धनुषाको गणेशमान चारनाथ नगरपालिका स्थित रामबृक्ष यादवको गृहनगरमा पूर्व मन्त्री तथा माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादवले सहिद रामबृक्ष मञ्चको शिलान्यास गरेका छन् ।

त्यस्तै रक्तदान कार्यक्रम समेत भएको माओवादी केन्द्र गणेशमान चारनाथ नगरका संयोजक महेशलाल यादवले जानकारी दिए । रक्तदान कार्यक्रममा ३ दर्जन व्यक्तिले रक्तदन गरेका थिए ।

नेता मातृकाप्रसाद यादवले सहिद रामबृक्षको प्रतिमामा माल्यार्पण गरि उनको स्मरण गरेका थिए । सो कार्यक्रममा धनुषा माओवादी केन्द्रका सचिव दिपक यादव, प्रदेश सदस्यत्रय झल्कु यादव, श्याम यादव, रोशन यादव, सम्पर्क मंच का अध्यक्ष सुनिता यादव, वाइसीएल धनुषाका संयोक सरोज यादव लगायतको उपस्थित थियो ।

सो अवसरमा गणेशमान चारनाथ नपा वडा नम्बर १० को जसपाका नेता श्रवण यादव र काँग्रेसका नेता रामपुकार यादव माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया