
सर्लाही : सर्लाहीको कौडेना गाँउपालिकामा लखनदेही नदीको बाढीले क्षति पुर्याउने देखिएपछि सुरक्षाकर्मी र स्थानीयवासी बाँध मर्मतमा जुटेका छन् ।
कौडेना गाउँपालिका ६ स्थित लखनदेही नदीको बाँध बाढीको कारण कटानबाट रोकन र क्षति हुन नदिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनता तटबन्ध कार्यालयका पदाधिकारी, स्थानीय जनप्रतिनिधि र स्थानीय वासिन्दाहरुले बाँध मर्मतको काम शुरु गरेका हुन् ।
कटान गरिएको ठाउँलाई तत्कालै नियन्त्रण नगरिए कौडेना गाउँपालिका ६ र ७ मा पर्ने सक्रौल तथा शिबनगरका १ सय ५० भन्दा बढी घर र खेतीयोग्य जग्गामा क्षति पुग्ने जिल्ला प्रहरी कार्यालय सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले बताए ।
सर्लाहीको लखनदेही नदीमा आउने बाढीले सदरमुकाम मलगंवासहित बिभिन्न ठाउँमा प्रत्येक वर्ष क्षति पुर्याउने गर्दछ ।
प्रतिक्रिया