Saturday 20th of July 2024

प्रदेश २ : पोखरीमा डुबेर एक बालिकाको मृत्यु

0 Shares

सप्तरी : सप्तरीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

सप्तरी महदेवा गाउँपालिका ४ बस्ने सुवन कामैतको छोरी ५ वर्षीया सोनम कुमारी कामैतको मृत्यु भएको हो ।

घर नजिकै रहेको फुदन तिवारीको पोखरीमा बुधबार दिउँसो आफ्नै आमासित नुहाउन गएको बेला डुबेर बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

शवको पोस्टमार्टम गरि परिवारजनको जिम्मा लगाएको र घटनाको थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया