प्रदेश २ मा बस दुर्घटनामा चालकको मृत्यु, ८ जना घाइते

बारा :  प्रदेश २ को बारा जिल्ला स्थित बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको ना ६ ख ४६४१ नम्बरको यात्रुबाहक बस बिहीबार बिहान बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ चुरियामाई नजिकै ब्रेक फेल भई प्रदेश -0३- 00१ प ४११ नम्बरको मोटरसाइकलमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी बस चालक मकवानपुरको हेटौँडा कमाने निवासी ४९ वर्षीय धर्मराज रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

दुर्घटनामा परी मोटरसाइकल चालक हेटौंडाकै इन्द्रबहादुर कार्की गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परेर घाइते भएका उनीसहित आठै जनाको हेटौंडामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक मिश्रले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार