महोत्तरीको विभिन्न नाकाबाट भन्सार छली गरी ल्याउदै गरेको चौपाया र सामान बरामद ।।

गौशाला : महोत्तरीको मनरासिस्वा न.पा. वडा नं. ९ बथनाहा स्थित भारतबाट नेपाल तर्फ भन्सार छली ल्याउँदै गरेको दुध दिने भैंसी र पाडी सहितको अन्दाजी मुल्य एक लाख बराबरको चौपायालाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।

भने महोत्तरीको एकडारा गा.पा. वडा नं. ३ भटौलिया स्थित लुकाई छिपाई नेपालबाट भारत तर्फ लैजादै गरेको सात बोरा अन्दाजी एकसय पच्चीस के.जी. (अन्दाजी मुल्य रु. ६२५०) केराउ तथा मटरको बोरालाई प्रदेश नं. २ प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकी नैन्हीबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रमा लिई आवश्यक कारवाहीको लागी जलेश्वर भंसार कार्यालयमा मलिवारा पठाउने प्रकृया भई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए ।

 

प्रतिक्रिया