Friday 20th of September 2024

४ दिनका लागि सार्वजनिक विदा

0 Shares

महोत्तरी : नेपाल सरकारले आउँदो कृष्णाष्टमीमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले भदौ १४ गते कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

यसका साथै, जनैपूर्णिमाको दिन तराई मधेशमा मनाइने रक्षा बन्धनको दिन समेत सार्वजनिक विदा लेखिएको छ । नेपाली पात्रो अनुसार जनै पूर्णिमाका दिन सार्वजनिक बिदा घोषणा गरिएको हो । रक्षाबन्धन भदौ ६ गते परेको छ ।

साथै सरकारले गाईजात्रामा नेवार समुदायका लागि देशैभर बिदा दिने निर्णय गरेको छ। भदौ ७ मा गाईजात्रा छ । यसअगाडि काठमाडौं उपत्यकाभित्र मात्र गाईजात्रामा बिदा हुने गरेकोमा नेवार समुदायका लागि देशैभर उक्त दिन बिदा दिने निर्णय भएको उनले बताए ।

यस्तै, भदौ २४ गते पर्ने हरितालिका तीजको अवसरमा समेत नेपाली पात्रोमा सार्वजनिक विदा लेखिएको छ । सो दिन महिलाहरुलाई मात्र विदा दिने भनेर पात्रोमा उल्लेख गरिएको हो ।

यस अनुसार भदौ महिनामा ४ दिनको विदा हुने भएको छ । भदौ ६ गते, भदौ ७ गते, भदौ १४ गते र भदौ २४ गते सार्वजनिक विदा हुने भएको छ । यद्यपी, कलेण्डरमा उल्लेख भएपनि सरकारले विदाको लागि निर्णय गर्दै आएको छ ।

प्रतिक्रिया