रौतहटमा भारतीय रुपैयाँसहित २ जना पक्राउ

जनकपुरधाम : रौतहट प्रहरीले अवैध भारतीय रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ ।

भारतबाट लुकाई छिपाई ल्याउँदै गरेको स्रोत नखुलेको रकमसहित प्रहरीले दुईजना लाई पक्राउ गरेको हो ।

सिमावर्ती ईशनाथ नगरपालिका वडा नम्बर १ बंजरहा टोल लालबकैयाको बाँध नजिक चेकजाँचको क्रममा बा ३९ प १६९१ नम्बरको मोटरसाईकलमा सवार गौर नगरपालिका ४ टिकुलियाका बर्ष ३० का सुखाडी सहनी र गरुडा नगरपालिका १ जयनगरमा बर्ष ३५ का अनिल भन्ने बिकास साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण प्रसाद चिमोरियाले बताए ।

पक्राउ परेका दुबै जनालाई झण्डै दुई लाख भारतीय रुपैयाँ र मोटरसाइकल सहित आवश्यक कार्वाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार