Monday 17th of June 2024

महोत्तरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु

0 Shares

गौशाला : महोत्तरी सम्सीमा पोखरीमा डुबेर एक वालकको मृत्यु भएको छ ।

सम्सी गाउँपालिका १ पर्सा स्थित सार्वजनिक पोखरीमा स्थानीय भना साह तेलीका १२ वर्षीय छोरा हिरा साहको मृत्यु भएकाे हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बिहीबार दिउँसो नुहाउने क्रममा बालकको डुबेर मृत्यु भएको थियाे ।

बालकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्व पठाएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानम बालकलाई मिर्गी (छारेरोग) रोगी रहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जनाएको छ ।

प्रतिक्रिया