प्रदेश २ : गाउँपालकिाका कर्मचारीलाई गालीगलौज गरेपछी कामकाज ठप्प

सर्लाही : सर्लाहीको बसबरिया गाउँपालिकाका कर्मचारीले कार्यकक्षमै दुव्र्यवहार भएको भन्दै कामकाज ठप्प पार्ने भएका छन् ।

बिहीबार गाउँपालिका कार्यालयमा पत्रकार सम्मेलन गर्र्दै कर्मचारीहरूले रामविश्वास राम, चनु राय, उदय रायसहितको समूहले बुधबार नेकपा माओवादी केन्द्रको झण्डा बोकेर नाराबाजीसहित कार्यालयमा प्रवेश गरी दुव्र्यवहार गरेकाले कामकाज ठप्प पार्ने निणर्य गरेका हुन् । शान्तिपूर्वक हिसाबले काम गर्ने वातावरण नहुन्जेलसम्म कार्यालयको सम्पूणर् कामकाज बन्द उनीहरूको निष्कर्ष छ ।

गाउँपालिकाको उद्यम विकास शाखाका फोकल पर्सन पंकज कुमार झा, उद्यम विकास सहजकर्ता राश नारायण राय र राकेश कुमार यादव, सूचना प्रविधि अधिकृत सुजित कुमार कणर्, पन्जिकरण शाखाका प्रमुख राजिव कुमार यादव, फिल्ड सहायक सन्जय कुमार पण्डित लगायतका कर्मचारीमाथि दुव्यर्वहार भएको उनीहरूले बताएका छन् ।

उद्यम विकास शाखाका फोकल पर्सन पंकज कुमार झाले कार्यकक्षमा बसेर काम गरिरहेको बेला आफूलाई एक्कासी तानेर बाहिर निकालिएको गुनासो गरे । त्यसक्रममा आफूले लगाएको सर्ट समेत च्यात्तिएको उनले गुनासो गरे ।

बसबरिया गाउँपालिकाका अध्यक्ष रामअयोध्या रायले आफू र प्रमुख प्रशासकीय अधिकृत हिजो मलंगवामा भएका बेला माओवादीका नेता कार्यकर्ताले उत्पाद मच्चाउने हिसाबले कर्मचारीमाथि हातपातसहित दुव्र्यवहार गरेका बताए । आफूसँग कुरा गर्नुको साटो कर्मचारीलाई हप्कीदप्की र गालीगलौग गरेको भन्दै उहाँले घटनाको भर्त्सना गरे ।

यता, दुव्र्यवहारको आरोप लागेका नेकपा माओवादी केन्द्रको रामविश्वास रायले भने सबै कर्मचारीलाई एकै ठाउँमा जम्मा पारेर अनियमितताको बारेमा केही कुरा राख्न खोजेको बताए । कर्मचारीले नमानेपछि बाहिर निकालेर ढोका लगाइदिएको उनको भनाइ छ । तर, गाउँपालिकाको सीसीटिभी फूटेजमा राय लगायतका व्यक्तिले कर्मचारीहरूमाथि दुव्र्यवहार गरेको देखिएको छ ।

रायले कर्मचारीप्रति आफूहरूको कुनै पूर्वाग्रह नरहेको बताउँदै गाउँपालिकामा अनियमितता भएको र आफ्ना नातागोतालाई नियुक्ति गरिएको आरोप लगाए । दुव्र्यवहारको आरोप लागेका चनु रायले धेरै समयदेखि गाउँपालिकाको हिसाबकिताब मागेको भए पनि नदिएको बताए ।

प्रतिक्रिया