0
Shares

सिरहा : सिरहाको लहानबाट लागूऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा लहान नगरपालिका २४ मनिकदह बस्ने १८ वर्षीय मनदिप विश्वकर्मा, वडा नम्वर ५ निवासी ५२ वर्षीय रामदेव यादव र सोही ठाउँका २५ वर्षीय दीपेन्द्र यादव रहेका छन् ।
उनीहरुलाई लहान नगरपालिका ५ बाट ८ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान गरिरहको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।