Saturday 20th of July 2024

आफगानिस्तानमा रहेका नेपालीहरुको विवरण उपलब्ध गराउन जिल्ला प्रशासन धनुषाको आग्रह

0 Shares

धनुषा : अफगानिस्तानमा रहेका व्यक्ति वा तिनका परिवारलाई सम्पर्कमा आएर विवरण उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय धनुषाले आग्रह गरको छ ।

अफगानिस्तानमा विकसित राजनीतिक संकटका कारण त्यहाँबाट नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्काउने कार्य भइरहेकाले प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले एक सूचना जारी गर्दै सम्र्कमा आएर विवरण उपलब्ध गराउन अनुरोध गरेका छन् ।

परिवार वा आफन्तले आफगानिस्तानमा रहेका व्यक्तिको विवरण जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा उपल गराउन प्रशासनले आग्रह गरेको हो ।

प्रतिक्रिया