Wednesday 1st of May 2024

समाजसेवी महतो प्रवल जनसेवा श्री बाट विभुषित ।।

0 Shares

धनवीर महतो

महोत्तरी / स्थानियस्तरमा निःस्वार्थ रुपमा समाजिकस्तरबाट सेवा गर्दै आएका लक्ष्मी महतोलाई राष्ट्रपतिको कार्यालयले प्रवल जनसेवा श्री बाट विभुषित गरेका छन् । सोमबार संविधान दिवसको अवसरमा गौशाला नगरपालिका २ निगौल घर भएका महतोलाई राष्ट्रपतिको कार्यालयले सो विभुषित गरेका हुन् ।

जनता समाजवादी पार्टीका नेता समेत रहेका महतोले रेडियो रुपान्तरणसँग कुराकानीको क्रममा भने, समाजमा राम्रा काम गर्दा एकदिन अवश्य त्यसको फल प्राप्त हुन्छ । मैले बर्षौसम्म निःस्वार्थ रुपमा गर्दै आएको कामकाजको आज मुल्यांकन भएको छ । म आज धेरै खुशी छु । सहयोगी हरेकपक्षलाई धन्यवाद दिन चाहन्छु ।’

निगौल गाविसका पूर्वअध्यक्ष समेत रहेका समाजसेवी महतो विभिन्न समयमा हरेकपक्षलाई चौतर्फी रुपमा सहयोग गर्दै आएका छन् । वि.सं. २०५६ सालमा गाविस अध्यक्ष रहेको समयमा महतोलाई तत्कालिन जिल्ला विकास समितिको कार्यालय महोत्तरीले जिल्लाभरिमै उत्कृष्ट कार्यसम्पादन गरेका भन्दै गाविस अध्यक्षको रुपमा सम्मानित गरेका थिए ।

 

प्रतिक्रिया