Friday 26th of April 2024

दाईजोमा ग्यासचुल्हा र सिलिण्डर नदिएको भन्दै एक युवतिलाई निर्घात कुटपिट ।।

0 Shares

महोत्तरी ः  दाईजोस्वरुप ससुरालीपक्षले ग्याँस चुल्हो नदिएको भन्दै एक नवविवाहिता युवती श्रीमानबाटै चरम यातानाकी शिकार भएकी छिन । महोत्तरीको सम्सी गाउँपालिका वडा नं. ६ का रामअश्रे साहकी २१ वर्षिया छोरी अमृता कुमारी साहले माईतबाट दाईजोवापत ग्याँसचुल्हो र सिलिण्डर नल्याएको भन्दै ससुरालीपक्षले निर्घात कुटपिट गरिएका छन । मधेशमा विवाह भएको चारदिनपछि नवदुल्हीलाई भान्सा घरमा भित्रयाउने परम्परा रहेको छ ।

सोही दिन नवदुल्ही मात्रैले पकाएको खाना घरपरिवारले खाने चलन रहेको छ । विवाह भएको चार दिनमै विवाहमा मगन्ते अनुरुप दाईजो नदिएको भन्दै असन्तुष्ट बनेका घरपरिवारले नवदुल्हीमाथि व्रजपात प्रहार गरेका छन । तराई मधेशमा नवदुल्हीलाई घरबाट वाहिर निस्किने चलन छैन । घुम्टोमा सजिएर रहेकी वुहारीलाई घरपरिवार वाहेक अन्य कसैसँग वोल्न नदिने परम्परा रहेको छ ।

अमृता यसरी परिन यातनाको चपेटामा

गत वैशाख १३ गतेका दिन हिन्दु परम्परा अनुसार सर्लाही हरिपुर्वा नगरपालिका वडा नं. २ का २४ बर्षका जोग नारायण साहसँग विवाह सम्पन्न भएको थियो । वैशाख १७ गतेका दिन ससुरालीमा रहेकी अमृतालाई सासु लगायतले खाना पकाउने जिम्मेवारी दिएका थिए । सासुको आदेशाअनुसार भान्सा घरमा रहेकी अमृताले खाना पकाउने सामग्री माग गरेपछि विवाद शुरु भएको माईतीपक्षले आरोप लगाएका छन ।

पिडित अमृताले रेडियो रुपान्तरणसँगको कुराकानीको क्रममा भनिन्–‘सासुुसँग खाना के पकाउने सोध्दा सासुले आवेशमा आई आफुुुसँग झगडा गर्न थालिन । घरबाट तिम्रो बाबु आमाले जे दिएछ त्यो पकाउ भनि झर्केर जवाफ दिईन् । यहाँ केही छैन, खाना पकाउनका लागि सरसमान, राईसकुकर, ग्याँस सिलिण्डर, टीभी, फ्रिज केही छैन । सवै माईतीबाट ल्याउनका लागि आफुलाई घरपरिवारले दवाव दिन थाल्यो । घरमै रहेका श्रीमान जोग नारायण आमाको कुरा सुनेर आफुलाई लछार पछार गर्दै आफुमाथि जाँई लाग्यो । ’ श्रीमान लगायत अन्य परिवारका सदस्यले गाली र वेईज्जती गर्दै आफुलाई घरबाट निस्किन दवाव दिन थालेको अमृताले बताईन ।

मधेश समुदायमा विहे भएको चार दिन पछि माइतबाट कोसेली लिई छोरीको घरमा गई छोरीलाई बोलाई लैजाने चलन रहेको छ । त्यहिँ अनुसार अमृताका वुवा पनि छोरीलाई ससुरालीबाट माईत लैजानका लागि कोसेली सहित उनको ससुराली गएको थियो । चारदिन पछि बुवा आएको खवर पाएपछि अमृता धेरै खुशी भएकी थिईन । पछि अमृतालाई माईत लैजाने प्रसंग आएपछि ससुरालीपक्षले तत्काल वुहारीलाई माईती पठाउन मानेको थिएन । चार पाँच दिनपछि छोरी ज्वाईलाइसंगै पठाउने कुरा सहमति भएको थियो ।तर पछि अमुताले म माईत जान्छु अहिले यहाँ बस्दिन करकाप र ढिपि कसेपछि उ ससुराली पक्षको सहमतिमा नै बुवासंगै माईत गएकी थिईन् । माईत जानुभन्दा पहिले उनले आफ्नो बुवालाई घरमा भएको सबै कुरा सुनाएकी थिईन् ।

वुवासँग माईत आएकी अमृता चार पाँच दिन पछि पुनः ससुराली फर्किन् । अमृतालाई उनको ससुराली पक्षले पहिले भन्दा अझ वढि नै दुव्र्यवहार एवम गाली वेईज्जती गर्न थालेको थियो । अमृताका वुवा रामअश्रे साहले भने–‘छोरीमाथि ससुराली पक्षले गर्दै आएको गतिविधीले सवैलाई निराश बनाएका थिए । छोरीसँग कुरा गर्नका लागि घरपरिवारलाई ईच्छा भएपनि कुरा गर्न सकिरहेको थिएन ।माईती पक्षबाट वारम्बार सम्पर्क गर्दा समेत छोरीसँग फोनमा सम्पर्क हुन नसकेको साहले बताए । उनको ससुरालीपक्षले विभिन्न वहाना बनाएर माईतीपक्षसँग छोरीको संवादविहीन बनाएका थिए । एक दिन त संयोगवश छोरीले नै फोन उठाईन । छोरीको स्वर सुनिएपछि आफुहरु खुशी भयो । तर त्यो स्वर छोरीको पिडादायक रहेको थियो । हालचाल केही नसोधिकन छोरीले सिधै मलाई यहाँबाट लैजानुुस नभए यिनीहरुले मलाई ज्यान मार्छ भनिन् । मैले पुनः छोरीलाई केहीदिन धैर्य गर, ‘म मिलाएर घर ल्याउनेछु भनि सम्झाएको थिए ।’

अमृता भन्छिन–‘शुरुमा त खाना पकाउने सिलिण्डर र चुल्हाको विषयमा घोच्याउन थाले । पछि त हाम्रो छिमेकीलाई पन्धलाख नगद, फ्रिज, फर्निचर, सुन, चाँदि दाईजोस्वरुप दिएको तर तेरो बाउले के पो दियो भनेर विभिन्न किसिमको वहानामा घोच्याई रहन्थ्यो । फेरी अर्को दिन तेरो बुवाको ८ वटा सटरको भाडा आउँछ पैसा, चामल लगायत विभिन्न किसिमको डिमान्ड गरे पछि अमृताले म माग्दिन भने पछि लगभग दिनहु मानसिक तनाव दिन थाल्यो ।’र अमुताले उक्त तनाब सहदै गयो ।

तत्पश्चात अमृताको श्रीमानले तँ मेरो घरबाट जा, मलाई मनै नपरी केटीसंग विवाह भयो ।तिमी मलाई मन परेको छैन । त्यस पछि आफुले जसरी पनि त्यहि बस्ने जवाफ फर्काएको अमृताले बताईन । लागुऔषधको कुलतमा फसेका श्रीमान् जोगनारायणले एक दिन नशाको लतमा आएर वुवाले दाईजोमा दिएको पलङ्गमाथि आफुलाई सुताएर चारै कुनामा हात, खुट्टा बाँधी र मुखमा कपडा कोची मरनासन्न जस्तो कुटपिट गरि चरम यातना दिएको अमृताले सुनाईन । अमृता भन्छिन–‘एक दिन, दुई दिन होईन उनीहरु लगातार पाँच दिनसम्म आफुलाई निर्धात रुपमा पिटिरहयो । कहिले छाती माथि चढेर हुम्चने त कहिले कोखामाथि चढेर हुम्चने, त कहिले बेल्टले पिटने जस्ता यातना दिएको थियो । श्रीमान्ले आफुलाई पिटाई गर्ने क्रममा उनले लगाएको तीन ओटा बेल्ट समेत चुडिँएको छ । यति मात्र होईन घरपरिवारले त आफुलाई कडा निगरानीमा राख्ने गर्दथ्यो । एउटै कोठामा हप्तौ दिन बन्द गरेर राख्दथ्यो । घरपरिवारलाई कतै जानुपरे भन्ने उनीहरुले आफु बसेको कोठामा वाहिरबाट ताल्चा लगाई बन्द गरेर जान्थ्यो उनले सुनाईन् ।’

नभन्दै एक दिन त केटाको बुवा अनुप साहले सम्धी रामअश्रेलाई फोन गरी आफ्नो छोरीलाई यँहाबाट लैजानु तपाईको छोरी झगडालु छ भन्दा आफु छक्क परेको रामअश्रेले सुनाए । छोरीलाई ससुरालीमै राख्नुपर्छ भनेर आफुले जवाफ फर्काएको रामअश्रेले बताए । विहे भएको यति कम दिनमै यस्तो आरोप लगाएपछि आफुहरु छक्क परेको अमृताको माईतीपक्षको भनाई रहेको छ ।

चरम यातना सहन नसकेर मरान्सन्न अवस्थामा रहेकी अमृतालाई ससुरालीपक्षले अपजस आउने डरले उनको माईती महोत्तरीको सम्सी पुरयाइएका थिए । श्रीमान जोगनारायण,र उनका भाई मोटरसाईकलमा आएर अमृतालाई माईतीघरको सडक छेउमा छोडेर भाग्न खोजेपछि रामअश्रेले मोटरसाईकलको साँचो लिएर उनलाई रोकेका थिए । पछि वुवा पनि आउनुहुन्छ एक छिन वजारतिरबाट आउछु भनेपछि १२ बर्षिय सालोसँग उनलाई जानका लागि अनुमति दिएका थिए । सालोसँग सम्सी बजार निस्किएका योगनारायणले आफना भाईसँग भेटभएका थिए । पछि योगनारायण र उनका भाईले सालोलाई समेत लिएर भाग्ने क्रममा खखना पुगेपछि बाख्राहरु एक झुण्डले वाटो अवरुद्ध गरेको मौका छोपी आफु मोटरसाईकलबाट कुदेर उनीहरुको फन्दाबाट निस्कन सफल भएको अमृताका भाई दिपक साहले संचारकर्मीसमक्ष बताएका छन ।

अमृताको उपचार हुँदै, न्यायको लागि सरोकारपक्षलाई हारगुहार

चरमयातानाको कारण पिडित रहेकी अमृताको प्राथमिक उपचारका लागि सम्सीमा भर्ना गरिएको थियो । अवस्था गम्भीर भएपछि थप उपचारका लागि सर्लाहीको जिल्ला अस्पतालमा उपचार गराएका छन । उनलाई अहिले घरमै राखि उपचार गराईरहेको वुवा रामअश्रेले बताए । पिडित अमृतालाई न्याय दिलाउनका लागि पिडित अमृताका माईतीपक्षले सर्लाहीको शान्ति सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका हुन ।

यसरी सम्पन्न भएको थियो विवाह

२१ बर्षिया अमृता र २४ बर्षिय योगनारायणको विवाह २०७८ साल बैशाख १३ गतेका दिन समाजिक परम्परा अनुसार विवाह सम्पन्न भएको थियो । सुरुमा विवाहको कुरा चल्दा केटा पक्षले दाईजोमा अधिक माग राखेपछि केटी पक्षले मागेअनुसारको दाईजो दिन अस्वीकार गरेका थिए । पछि रामअश्रे साहको नाता पर्ने एक प्रतिष्ठीत व्यक्तिले दुवैजनाको विहेको कुराकानी चलाएपछि विवाह सम्पन्न भएको थियो । तर दाईजोको विषयमा संशोधन भएपछि विवाह सम्पन्न भएको थियो । फलस्वरुप दाइजोमा नगद तीन लाख पच्चहत्तर हजार रुपैयाँ, सुन २ तोला, चाँदी १२ तोला, फर्निचरसेट, लुगाकपडा लगायत गरि १२ लाख रुपैयाँ खर्च गरि विवाह सम्पन्न भएको थियो ।

प्रहरीले नियन्त्रणमा लिई न्याय दिलाउनेछ

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार घटनाको सम्बन्धमा प्रहरी कार्यालयमा जानकारी भईसकेको जनाएको छ । प्रहरी उपरिक्षक सन्तोष सिंह राठौडका अनुसार घटनामा संलग्न दोषीलाई कारवाही गर्नका लागि पिडितको पक्षबाट उजुरी दर्ता भईसकेको जानकारी दिएका छन । उजुरी दर्ता भएकोले दोषी चाँडै नै प्रहरीको फन्दामा आउने र कानुन अनुसारको कारवाही गरिने प्रहरी उपरिक्षक राठौडले प्रतिवद्धता जनाएका छन । यता प्रहरीचौकी हरिपुर्वाको अनुसार पिडित अमृता सुसरा अनुपलाई नियन्त्रणमा लिई अनुसन्धानको लागि जिल्ला पठाईएको जनाएको छ । प्रहरी हवल्दार ईजरायल कवारीका अनुसार ३ दिन अगाडि अनुपलाई घरबाटै नियन्त्रणमा लिएको र अन्य घरपरिवार फरार रहेकोले खोजीकार्य जारी रहेको जनाएको छ ।

प्रतिक्रिया